लिग-२ को अभ्यास: गुल्सन र आरिफको शानदार ब्याटिङमा नेपाल विजयी « Khabarhub

लिग-२ को अभ्यास: गुल्सन र आरिफको शानदार ब्याटिङमा नेपाल विजयी


३ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग–२ को अभ्यासका लागि युके पुगेको नेपाली टोलीले पहिलो एक दिवसीय अभ्यास खेलमा जित निकालेको छ । शुक्रबार कार्डिफको न्युपोर्ट टोलीलाई नेपालले तीन विकेटले हराएको हो । २१३ रनको लक्ष्य नेपालले ३७.५ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो ।

जवाफी ब्याटिङमा खराब सुरुवात गरेको नेपालका लागि आरिफ शेख र गुल्सन झाले सानदार अर्धशतक बनाउँदै नेपाललाई जितको बाटो देखाएका थिए । गुल्सनले नेपालका लागि सर्वाधिक ८० रन बनाए भने आरिफले नटआउट ७३ रन बनाए । आरिफ र गुल्सनले सातौ विकेटका लागि १३४ रनको साझेदारी गरेका थिए ।

सुरुमा बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले तीन विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । नेपालका लागि रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामीले समान एकएक विकेट लिए । युकेमा नेपालले थप तीन टोलीसँग अभ्यास खेल्नेछ । अभ्यास खेलपछि नेपालले लिग–२ का खेल खेल्नेछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ६ : ०५ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ