भीमेश्वर नगरपालिकाको पुँजीगतभन्दा चालु खर्च बढी  « Khabarhub

भीमेश्वर नगरपालिकाको पुँजीगतभन्दा चालु खर्च बढी 


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको भीमेश्वर नगरपालिकामा चालु आर्थिक वर्षमा पुँजीगतभन्दा चालु खर्च बढी भएको पाइएको छ । 

नगरपालिकाले शुक्रबार आयोजना गरेको आर्थिक वर्ष २०८१–०८२ को वैशाखसम्म  सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२मा ८८ करोड ९ लाख ८४ हजार अनुमानित बजेट ल्याएको थियो । यसमा कुल बजेटको ५९.५१ प्रतिशत खर्च भएको छ । चालुतर्फ ६२.९४ प्रतिशत खर्च गरेको नगरपालिकाले पुँजीगततर्फ ५४.३९ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, नगरपालिकाले आव २०८१–०८२मा ४ करोड ४ लाख २१ हजार ९ सय रुपियाँ राजस्व सङ्कलन गरेको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशकसेन ढकालले जानकारी दिए । चालु आवमा कुल ३ सय ३० वटा योजना वितरण गरेको नगरपालिकाले हालसम्म २ सय ८२ वटा योजना सम्पन्न गरेको जनाएको छ ।

नगरपालिकाका सबै शाखा प्रमुखले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो ।

सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले नगरपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । नगरले नेपाल पत्रकार महासङ्घ दोलखा शाखाको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  १० : ५० बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व