भीमेश्वर नगरपालिकाको पुँजीगतभन्दा चालु खर्च बढी  « Khabarhub

भीमेश्वर नगरपालिकाको पुँजीगतभन्दा चालु खर्च बढी 


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको भीमेश्वर नगरपालिकामा चालु आर्थिक वर्षमा पुँजीगतभन्दा चालु खर्च बढी भएको पाइएको छ । 

नगरपालिकाले शुक्रबार आयोजना गरेको आर्थिक वर्ष २०८१–०८२ को वैशाखसम्म  सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२मा ८८ करोड ९ लाख ८४ हजार अनुमानित बजेट ल्याएको थियो । यसमा कुल बजेटको ५९.५१ प्रतिशत खर्च भएको छ । चालुतर्फ ६२.९४ प्रतिशत खर्च गरेको नगरपालिकाले पुँजीगततर्फ ५४.३९ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, नगरपालिकाले आव २०८१–०८२मा ४ करोड ४ लाख २१ हजार ९ सय रुपियाँ राजस्व सङ्कलन गरेको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशकसेन ढकालले जानकारी दिए । चालु आवमा कुल ३ सय ३० वटा योजना वितरण गरेको नगरपालिकाले हालसम्म २ सय ८२ वटा योजना सम्पन्न गरेको जनाएको छ ।

नगरपालिकाका सबै शाखा प्रमुखले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो ।

सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले नगरपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । नगरले नेपाल पत्रकार महासङ्घ दोलखा शाखाको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  १० : ५० बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति