स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ « Khabarhub

स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ८ लाख ३९ हजार ४ सय ५० रुपैयाँ सहित २ जनालाई भारत नौतवना महाराजगञ्ज थाना-४ बस्ने ५० वर्षीय कृष्ण अग्रहरीलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपी ५६ जे १६५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक कृष्णलाई पक्राउ गरेको हो । 

यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ३ लाख ८६ हजार रुपैयाँ सहित कपिलवस्तु शुद्धोधन गाउँपालिका-१ घर भएका ४६ वर्षीय मसिउद्धिन फकिरलाई  प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

रौतहट, गौर नगरपालिका-१ नगरपालिका कार्यालय अगाडिबाट स्रोत नखुलेको नगद ६ लाख रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा परोहा नगरपालिका-२ बस्ने २० वर्षीय कृष्ण कुमार साह र गौर नगरपालिका-५ बस्ने २० वर्षीय हरिवन कुमार साह रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ५ : ४० बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ