आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता « Khabarhub

आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

बेंगलुरु – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र कोलकाताबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

यससँगै डिफेन्डिङ च्याम्पियन कोलकाता यस सिजनको प्लेअफ दौडबाट बाहिरिएको छ। वर्षाका कारण एक बल पनि नखेलिएको यो खेलले अंक तालिकामा कोलकाताको स्थिति झनै कमजोर बनाएको हो।

खेल रद्द हुँदा दुवै टोलीले १–१ अंक बाँडेका छन्। तर कोलकाताका लागि यो नतिजा पर्याप्त बनेन। कोलकातालाई प्लेअफमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाब थियो ।

यता बैङ्गलोरका लागि प्लेअफको ढोका अझै खुला छ। आगामी खेलहरू जितेमा शीर्ष चारमा स्थान बनाउने सम्भावना कायमै छ ।

वर्षाले खेल प्रभावित बनेपछि समर्थकहरु निराश भएका छन्। सोसल मिडियामा धेरैले यस्तो महत्वपूर्ण खेलका लागि ‘रिजर्भ डे’ नराखिएकोप्रति आलोचना गरेका छन्।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  १० : ५५ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो