आज २०८२ साल असार ३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल असार ३ गते मंगलबारको राशिफल


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार ३ गते मंगलबार। असार कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुन १७ तारिख। विश्व खडेरी रोकथाम दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आम्दानीका स्रोत जुट्ने छन्। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारसँग सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ।

वृष : दिन राम्रो छ। साथीको साथ मिल्ने छ। सोचेको काम सहजै बन्ने छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले राजनीतिमा सक्रिय भए महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने छ।

मिथुन : दिन राम्रो छ। तपार्ईंको बोलीले महत्त्वपूर्ण काम बन्ने छ। स्वास्थ्यले साथ दिँदा मन खुशी बन्ने छ। धार्मिक क्षेत्रको भ्रमण तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : दिन सामान्य छ। सहकर्मीले नै विरोध गर्ने जोखिम छ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रामा नजानु उचित हुन्छ। धार्मिक कार्यमा विश्वास नगर्दा घाटा हुने छ।

सिंह : सप्तम भावमा उदयमान चन्द्रमा भएकाले पारिवारिक सुख मिल्ने छ। अप्रिय शब्दले मन अशान्त भए पनि दिन सहज बन्ने छ। साँझपख भाग्यको उदय हुने योग छ।

कन्या : व्यापारमा घाटा हुनेछ। लगानी गर्नु अगाडि तीन पटक सोच्नु पर्ने समय छ। परिवारमा कामको बोझ थपिँदै जाने छ। अभिभावकसँग सल्लाह लिएर मात्र काम गर्नु राम्रो हुनेछ।

तुला : शिक्षाको क्षेत्रमा प्रगति हुने छ। लगानी गरेको भए प्राविधिक शिक्षामा नाफा हुने योग छ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राज्यको तर्फबाट सम्मान मिल्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृश्चिक : दिन सामान्य छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। खानपानका कारण स्वास्थ्यमा समस्या हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राज्यको जोखिम रहेकाले काम गर्दा सचेत बन्नुपर्ने समय छ।

धनु : दिन राम्रो छ। आफ्नो मूल्यांकन गर्न सक्षम भएको प्रमाणित गर्ने समय छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुने खतरा देखिन्छ।

मकर : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। स्वास्थ्यमा सुधार हुने छ। आज तपाईंका लागि साथीको साथ महत्त्वपूर्ण बन्ने छ। राज्यको काम गर्दा भने सचेत बन्नुपर्ने समय छ।

कुम्भ : दिन राम्रो छ। शुभकार्यमा अगाडि बढ्दा फाइदा हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुने छ। परिवारसँग बौद्धिक टकराब हुने भएकाले सचेत बन्नुपर्ने छ।

मीन : आज स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। दैनिक काममा अनावश्यक खर्च बढ्ने जोखिम छ। बोल्दा सचेत बन्नु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा महत्तवपूर्ण काम बन्ने छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : ०२ बजे

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट