इजरायलको टेलिभिजनमा आक्रमण गर्ने इरानको चेतावनी | Khabarhub Khabarhub

इजरायलको टेलिभिजनमा आक्रमण गर्ने इरानको चेतावनी


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

तेहरान – इजरायल र इरानले सञ्चार माध्यममै आक्रमण सुरु गरेका छन्। इरानले इजरायलका दुई टेलिभिजनका हेड क्वार्टर खाली गर्न चेतावनी दिएको छ।

इरानको राष्ट्रिय टेलिभिजनमा इजरायली आक्रमण भएको केही समयपछि इरानले यो चेतावनी दिएको हो।

इरानले इजरायलको च्यानल १२ र च्यानल १४ मा आक्रमण गर्ने चेतावनी दिएको हो। यसअघि इरानले सञ्चार टेलिभिजन आइआरआईएनएनलाई सैन्य प्रायोजनका लागि प्रयोग गरेको कारण आक्रमण गरेको इजरायलले जनाएको छ।

यसैबीच इरानी सञ्चार माध्यमले नातान्जमा सेनाको सक्रियता बढेको जनाएको छ। नातान्ज राजधानी तेहरानको २२५ किलोमिटर दक्षिणमा छ। अहिले पनि तेहरानमा विस्फोट भइरहेको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ६ : २८ बजे

काठमाडौंको गर्मी ! (तस्बिरहरू)

 काठमाडौं– मनसुनको समयमा पनि पर्याप्त पानी नपर्दा काठमाडौं उपत्यकामा गर्मी

एमाले बैठक : पूर्वराष्ट्रपति भण्डारीबारे स्पष्ट राजनीतिक निर्णय गर्न सुझाव

काठमाडौं – नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी

विचारका पछि नभई गुटका पछि लाग्दा पार्टी कमजोर बन्छ : नेता आचार्य

गण्डकी– नेपाली कांग्रेसका नेता महेश आचार्यले विचारका पछि नभई गुटका

विश्वेश्वरप्रसाद कोइरालाको विविध साहित्यिक आयाम तथा योगदान

लेखसार* : प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाको विविध साहित्यिक आयामका बारेमा

बाघ नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन

दोधारा चाँदनी– कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित उखुबारीमा बाघ देखिएपछि स्थानीय