क्लब विश्वकप : बेनफिका र बोका जुनियरको सनसनीपूर्ण बराबरी « Khabarhub

क्लब विश्वकप : बेनफिका र बोका जुनियरको सनसनीपूर्ण बराबरी


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘सी’को सनसनीपूर्ण खेलमा बोका जुनियर र बेनफिकाले बराबरी खेलेका छन्।

यी दुई टिमले सनसनीपूर्ण खेलमा २-२ गोलको बराबरी गर्दै अङ्क बाँडेका हुन्। खेलको २१ औँ मिनेटमा मिगुयल मेरिन्सियलले बोकालाई अग्रता दिलाएका थिए।

यसैगरी २७ औँ मिनेटमा रोड्रिगो बाटाग्लीयाले गोल गरेपछि बोकाले सहजै जित हातपर्ने सम्भावना देखिएको थियो।

पहिलो हाफमा इन्जुरी समयमा एन्जल डि मारियाले बेनफिकाका लागि पहिलो गोल गरे। ८४ औँ मिनेटमा निकोलास ओटामेन्डीले अर्को गोल गर्दै अन्तिम समयमा सनसनीपूर्ण बराबरी गरेका हुन्।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : २७ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट