सभामुख घिमिरे र गृहमन्त्रीबीच दुई बुँदे सहमति कार्यान्वयनबारे छलफल « Khabarhub

सभामुख घिमिरे र गृहमन्त्रीबीच दुई बुँदे सहमति कार्यान्वयनबारे छलफल


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबीच छलफल भएको छ । संसद् बैठक बस्नु अघि उनीहरूबीच मंगलबार सिंहदरबारमा छलफल भएको हो । 

छलफलमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । 

सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच अर्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मागलगायतका विषयमा पनि छलफल भएको बताइएको छ । रास्वपा भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद्मा अवरोध पुर्‍याउँदै आएको छ । 

रास्वपाका सांसद्हहरू मंगलबारको बैठकमा सहभागी हुन निलो रंगको खादा पहिरिएर नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : ४४ बजे

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय

सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएका छौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण