रास्वपाको विरोधपछि आधा घण्टालाई संसद् स्थगित « Khabarhub

रास्वपाको विरोधपछि आधा घण्टालाई संसद् स्थगित


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक समिति गठन हुनुपर्ने माग दोहोर्‍याएको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुवात मै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै सांसद चन्दा भण्डारी कार्कीले उच्चस्तरीय छानबिन समिति वा न्यायिक समिति गठनको माग गरेकी हुन् । 

रास्वपा केही दिनदेखि संसद्मा भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठनको माग गर्दै आएको छ । मंगलबारको बैठकमा सांसद कार्की बोलिसकेपछि नेपाली कांग्रेसको प्रमुख सचेतक श्याम घिमिरे बोलेका थिए । 

उनले रास्वपाका सांसदले घाँटीमा पहिरिएको निलो रंगको रिबन लगाइएको भन्दै संसद्‌मा मर्यादित पोसाक लगाएर उपस्थित हुनुपर्ने बताए । बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  २ : २१ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब