सभामुखसँग कांग्रेसको माग- रास्वपा सांसदहरूलाई संसद्‍बाट निष्काशन गरौँ « Khabarhub

सभामुखसँग कांग्रेसको माग- रास्वपा सांसदहरूलाई संसद्‍बाट निष्काशन गरौँ


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई संसद् बैठकबाट निष्काशन गर्न माग गरेका छन् ।

मंगलबार दिउँसो २ बजे बसेको प्रतिनिधिसभाको बैठकमा नियमापत्ति जनाउने क्रममा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो माग गरेका हुन् ।

‘सभामुख महोदय, संसद् सचिवालयको नियमावली ३० मा अभद्र व्यवहार नियन्त्रको व्यवस्था छ । नियम ३१ मा बैठक कक्षबाट निष्कासन गर्ने व्यवस्था छ’ नीलो स्कार्फसहित प्रतिनिधिसभा बैठकमा पुगेका रास्वपा सांसदहरूतिर लक्षित गर्दै उनले भने, ‘नीलो स्कार्फ लगाएर संसद्मा आउनु मर्यादित हुन्छ कि हुँदैन ? भोलि हाफ पाइन्ट मात्रै लगाएर आउने, जथाभावी पोशाकमा आउने गरे, त्यो संसद्को मर्यादामा पर्छ कि पर्दैन ?’

उनले रास्वपाका सांसदहरूलाई चेतावनी दिएर सभामुख घिमिरेले निष्काशन गर्नुपर्ने बताए । ‘सभामुखले चेतावनी दिएर उनीहरूलाई संसद्बाट निष्कासन गर्न सक्नुपर्छ’, उनले भने, ‘यो संसद्को मर्यादाबाहिरको विषय हो । यसमा उचित निर्णय लिनुपर्छ ।’

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  २ : २५ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना