भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ : प्रचण्ड « Khabarhub

भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ : प्रचण्ड


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षार्थ दुई बुँदे सहमति गरिएको दाबी गरेका छन्  ।  

प्रेस सेन्टर नेपाल चितवनले मंगलबार प्रचण्डको निजी निवास भरतपुर १४ शिवनगरमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा पत्रकारले राखेका जिज्ञासामा प्रचण्डले दुई बुँदे सहमति तत्कालको स्टेपमात्रै नभई संविधानको रक्षार्थ भएको बताएका हुन्  ।

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमा समावेशी प्रतिनिधित्व लगायत वर्तमान उपलब्धि माओवादीको एजेन्डा भएको दाबी गर्दै यसको रक्षाका लागि दुई बुँदे सहमति गरी सत्ता पक्षकै जस्तो भूमिका निर्वाह गरेको जिकिर गरे  । 

प्रचण्डले संघीय निजfमति ऐन, विद्यालय शिक्षा विधेयक पनि आफ्नै सरकारको पालोमा अगाडि बढेकोले दुई बुँदे सहमति मार्फत त्यसको जिम्मेवारी लिन खोजेको प्रस्ट पारे ।  

प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर विषय भएकाले छानबिन र नीतिगत सुधार गर्नुपर्ने बताए । यस मुद्दालाई त्यत्तिकै नछाड्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : ०२ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा