‘इरानले इजरायलको जासुसी निकायसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण गर्‍यो’ « Khabarhub

‘इरानले इजरायलको जासुसी निकायसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण गर्‍यो’


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानले इजरायलको जासुसी निकायसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । इरानको महर समाचार संस्थाले जनाएअनुसार इरानी आक्रमणबाट इजरायली जासुसी निकायआबद्ध क्षेत्रलाई लक्षित क्षेत्र क्षतिग्रस्त भएको जनाएको छ ।

‘इजरायली मिडियाले तत्कालै हटाएका तस्बिरमा (हमलाको) प्रभावक्षेत्र इजरायली सेनाको जासुसी निकायसँग आबद्ध रहेको देखिन्छ ।’ महरले लेखेको छ । ती तस्बिरले ‘जायोनी दुश्मन’ को एउटा संवेदनशील क्षेत्रमा प्रत्यक्ष निशाना बनाएको उल्लेख गरिएको छ ।

इजरायलको अस्तित्वलाई अस्वीकार गर्ने इरानले इजरायललाई ‘जायोनी सत्ता’ को संज्ञा दिने गरेको छ । यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा इजरायलको युनिट ८२०० भनिने गुप्तचर निकायको ठेगाना ध्वस्त भएको दाबी गरिएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : ०४ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली