उपेन्द्रले सके ‘जारी २’ सुटिङ, दशैँमा प्रदर्शनमा आउने पक्का « Khabarhub

उपेन्द्रले सके ‘जारी २’ सुटिङ, दशैँमा प्रदर्शनमा आउने पक्का


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कवि तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘जारी २’को छायाङ्कन सकिएको छ ।

पाँचथरमा ३६ दिन लगाएर यस फिल्मको छायाङ्कन सकिएको सोमबार निर्माण पक्षले जानकारी दिएको हो ।

उपेन्द्रकै लेखन रहेको यो फिल्ममा नायकहरु दयाहाङ राई, विजय बराल, नायिकाहरु मिरुना मगर शीर्ष भूमिकामा रहेका छन् । नायिका ऋचा शर्मा विशेष भूमिकामा रहेको निर्माण पक्षले बताएको छ ।

छायाङ्कन सकिए लगत्तै फिल्म निर्माण कम्पनी बासुरी फिल्मस्ले दशैँमा प्रदर्शनमा आउने बताएको छ । यद्यपि यो यही मिति भनेर किटान गरिएको छैन ।

दशैँमा प्रदर्शनम मितिको अर्थ कि घटस्थापन कि फूलपाती भन्ने बुझिन्छ । यो वर्षको घटस्थापना ६ गते सोमबार परेको छ । घटस्थापना पछिका मंगलबार, बुधबार र बिहीबार सार्वजनिक बिदा नभएको सोमबार नै प्रदर्शनमा आउने सम्भावना कम छ ।

यस अर्थमा यो फिल्म फूलपातीमा नै प्रदर्शनमा आउने सम्भवना बलियो । अहिलेसम्म फूलपातीलाई ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’को प्रदर्शन मिति तोकिसेका छन् ।

‘जारी’ पनि यही मितिमा प्रदर्शनमा आए चार फिल्मको भिडन्त हुने देखिन्छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : १० बजे

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

‘जेनजी’को नाममा भएको हिंसालाई जायज ठहर्‍याउने प्रयास खतरनाक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा