नेपाल जलवायु परिवर्तनबाट प्रभावित मुलुक भएकाले निरन्तर अन्तर्राष्ट्रियकरण गर्नुपर्छ’ « Khabarhub

नेपाल जलवायु परिवर्तनबाट प्रभावित मुलुक भएकाले निरन्तर अन्तर्राष्ट्रियकरण गर्नुपर्छ’


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुक भएकाले यसलाई निरन्तर अन्तर्राष्ट्रियकरण गर्ने बताएका छन् ।  

मंगलबार ललितपुरमा आयोजित ‘पोष्ट सगरमाथा संवाद’को उद्घाटन गर्दै मन्त्री ठकुरीले जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायुवित्तदेखि प्रविधि हस्तान्तरणमा फाइदा लिन सक्नुपर्ने बताए ।

काठमाडौंमा सम्पन्न सगरमाथा संवादका निष्कर्षलाई कार्यान्वयन गर्न सरकारले कार्य योजना बनाइएको भन्दै उनले तीन तहका सरकार मिलेर जलवायु असरलाई कम गर्न ध्यान केन्द्रित गर्ने उल्लेख गरे । मन्त्री ठकुरीले सबैको सहयोग र समन्वयमा २५ बुँदे सगरमाथा कार्य योजनालाई क्रमशः कार्यान्वयनमा लैजाने बताए ।  

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले जलवायुले हिमालदेखि समुद्रसम्म असर गरेको उल्लेख गर्दै जलवायुका नकारात्मक असरविरुद्ध लड्न एकजुट हुनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : १७ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा