रास्वपाको नीलो स्कार्फबारे सभामुखले भने- दलहरू आफैं मर्यादामा बस्‍नुपर्छ « Khabarhub

रास्वपाको नीलो स्कार्फबारे सभामुखले भने- दलहरू आफैं मर्यादामा बस्‍नुपर्छ


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख देवराज घिमिरेले नीलो स्कार्फ लगाएर संसद्‍मा छिरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू आफैं स्वनियमनमा बस्नुपर्ने बताएका छन् ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोधमा उत्रिएका रास्वपा सांसदहरूलाई संसद् बैठकबाट निष्काशन गर्न प्रमुख सत्तारुढ नेपाली कांग्रेसले माग गरेका सन्दर्भमा घिमिरेले यस्तो जवाफ दिएका हुन् ।

कांग्रेससहित अन्य दलका सांसदहरूले पनि सदनमा रास्वपा सांसदहरू नीलो स्कार्फमा प्रवेश गरेकोबारे सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

उनीहरूले संसद्मा क्रमशः अमर्यादित गतिविधि बढिरहेको भन्दै नियन्त्रणका लागि आग्रह गरेको सन्दर्भमा सभामुखको यस्तो जवाफ आएको हो ।

‘यसबारेमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘संसदीय मर्यादाभित्र बस्नु स्वयम् सांसद र राजनीतिक दलहरूको कर्तव्य हो । म यसबारे स्वनियमनको पक्षमा रहेको छु ।’

मंगलबार दिउँसो २ बजे बसेको प्रतिनिधिसभाको बैठकमा नियमापत्ति जनाउने क्रममा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा सांसदहरूलाई बैठकबाट निकाल्न माग गरेका थिए ।

‘सभामुख महोदय, संसद् सचिवालयको नियमावली ३० मा अभद्र व्यवहार नियन्त्रको व्यवस्था छ । नियम ३१ मा बैठक कक्षबाट निष्कासन गर्ने व्यवस्था छ’ नीलो स्कार्फसहित प्रतिनिधिसभा बैठकमा पुगेका रास्वपा सांसदहरूतिर लक्षित गर्दै उनले भनेका थिए, ‘नीलो स्कार्फ लगाएर संसद्मा आउनु मर्यादित हुन्छ कि हुँदैन ? भोलि हाफ पाइन्ट मात्रै लगाएर आउने, जथाभावी पोशाकमा आउने गरे, त्यो संसद्को मर्यादामा पर्छ कि पर्दैन ?’

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : २४ बजे

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय

सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएका छौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण