मोसादको मुख्यालयमा इरानी आक्रमण, सेनाको जासुसी विभागको भवन पनि निशानामा « Khabarhub

मोसादको मुख्यालयमा इरानी आक्रमण, सेनाको जासुसी विभागको भवन पनि निशानामा


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ– इजरायल र इरानबीचको संघर्ष पाँचौं दिनमा पनि जारी छ। इरानले मंगलबार तेल अभिभस्थित इजरायलको गुप्तचर संस्था मोसादको मुख्यालयमा हवाई हमला गरेको छ।

इजरायलको सैन्य गुप्तचर निकाय एमएनको भवनलाई पनि इरानले निशाना बनाएको छ।

इरानले इजरायली राजधानी तेल अभिभको हर्जलिया क्षेत्रस्थित मोसाद मुख्यालयमा हमला गरेको हो। यससँगै सैन्य गुप्तचर संस्था एमएनको भवनमा पनि आक्रमण गरिएको अलजजिराले जनाएको छ।

इरानी सेना इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले दुवै स्थानमा आक्रमण गरिएको पुष्टि गर्दै सार्वजनिक वक्तव्य जारी गरेको छ।

मोसाद मुख्यालयमा भएको हमलाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ। हमलापछि भवनमा भीषण आगलागी भएको देखिएको छ।

यता इजरायली हवाई हमलामा इरानका वरिष्ठ सैन्य अधिकारी मेजर जनरल अली शादमानीको मृत्यु भएको छ।

उनी हालै नियुक्त खतम-अल-अनबिया हेडक्वार्टर्स (सैन्य आपतकालीन कमान्ड) का प्रमुख थिए। उनले चार दिनअघि मात्र यो जिम्मेवारी सम्हालेका थिए।

शादमानीले मेजर जनरल गुलाम अली राशिदको स्थान लिएका थिए, जसको मृत्यु गत शुक्रबार इजरायली हमलामा भएको थियो।

इजरायली आक्रमणमा हालसम्म २२४ इरानी नागरिकको मृत्यु भइसकेको छ। एक हजार ४८१ जना घाइते भएका छन्। त्यस्तै इजरायलमा हालसम्म २४ जनाको मृत्यु भएको छ । ६०० भन्दा बढी घाइते भएका छन्।

यसैबीच इजरायली हमला बढेपछि इरानले बिदामा रहेका सबै डाक्टर र नर्सहरूलाई फिर्ता बोलाएको छ।

इरानका उपस्वास्थ्य मन्त्री सइद सज्जाद रजावीले सबै डाक्टर र नर्सहरूको छुट्टी रद्द गरिएको बताएका छन् । उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा निरन्तर उपस्थित हुन भनिएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : ५८ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।