‘होस्टल–३’पछि बल्छीको फिल्म ‘गोबर गणेश’ गर्दै पदम, यी हुनेछन् कलाकार « Khabarhub

‘होस्टल–३’पछि बल्छीको फिल्म ‘गोबर गणेश’ गर्दै पदम, यी हुनेछन् कलाकार


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिसिरिलबाट चर्चित बनेका मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले फिल्म निर्देशनमा हात हाल्ने भएका छन् । उनले आफ्नै लेखन र निर्देशनमा फिल्म ‘गोबर गणेश’ बनाउने भएका हुन् ।

केही समयपछि फिल्म निर्माणको औपचारिक घोषणा गरेर भदौ पहिलो साताबाट छायाङ्कनमा निस्कने तयारीमा उनी रहेका छन् ।

खबरहबसँग उनले भने, ‘नायिका चयनको काम बाँकी छ । सबै कलाकार फाइनल भएपछि पोस्टर निकालेर फिल्मबारे थप जानकारी दिनेछु ।’

फिल्म फागुन १ गते प्रदर्शनमा ल्याउने गरी छायाङ्कनमा निस्कन लागेको उनले बताए ।

यस फिल्ममा जोडिएका एक व्यक्तिअनुसार केही कलाकार भने फाइनल भइसकेका छन् ।

‘होस्टल ३’बाट फिल्ममा डेब्यू गरेका कलाकार पदम तामाङसँग बल्छीले सम्झौता गरिसेकेका छन् । ‘होस्टल ३’ प्रदर्शनमा आएपछि उनले साइन गरेको यो पहिलो फिल्म हो ।

त्यस्तै, केदार घिमिरे ‘माग्ने बूढा’की श्रीमती सीतादेवी तिमल्सिना यस फिल्ममा शीर्ष कलाकारका रुपमा अनुबन्ध भइसकेकी छन् ।

बल्छीको लेखन र निर्देशन रहेको सिरियल ‘हल्का रमाइलो’की शीर्ष कलाकार पुजन घिमिरे ‘पकु’ पनि यस फिल्ममा रहेनेछिन् ।

त्यस्तै, प्रकाश घिमिरे पनि फाइनल भइसकेका छन् । माओत्से गुरुङसँग कुरा सकारात्क रहे पनि सम्झौता भइनसेकेको बुझिएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ४ : ०५ बजे

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

‘जेनजी’को नाममा भएको हिंसालाई जायज ठहर्‍याउने प्रयास खतरनाक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा