सुदूरपश्चिम विश्वविद्यालयलाई नमूना बनाउन सबैको सहयोग आवश्यक : मुख्यमन्त्री शाह « Khabarhub

सुदूरपश्चिम विश्वविद्यालयलाई नमूना बनाउन सबैको सहयोग आवश्यक : मुख्यमन्त्री शाह


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमूना विश्वविद्यालय बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । 

विश्वविद्यालयको १६ औँ स्थापना दिवसका अवसरमा मंगलबार महेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबैको सहयोगले नमूना विश्वविद्यालय बनाउन सकिने बताए । 

‘कृषि, पर्यटन, धार्मिक पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनको विषयमा अध्ययन-अध्यापन हुनुपर्छ,’ मुख्यमन्त्री शाहले भने, ‘रोजगारी र उत्पादन बढाउने र हाम्रो सीप र क्षमतालाई विश्व बजारमा लैजानु पर्छ ।’ 

उनले प्रदेश सरकार सुदूरपश्चिम विश्वविद्यालयलाई सहयोग गर्न तयार रहेको समेत बताए । कार्यक्रममा २५ वर्षदेखि निरन्तर कार्यरत ४३ कर्मचारी र प्राध्यापकलाई दीर्घ सेवा पदक एवं प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ४ : २७ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब