भाषिक विवादमा फसेका नायक कमलाई राहत, अदालतले भन्यो- अनिवार्य रूपमा फिल्म प्रदर्शन हुनुपर्छ « Khabarhub

भाषिक विवादमा फसेका नायक कमलाई राहत, अदालतले भन्यो- अनिवार्य रूपमा फिल्म प्रदर्शन हुनुपर्छ


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भाषिक विवादमा फसेका दक्षिण भारतीय नायक कमल हसनलाई राहत मिलेको छ । भारतको सर्वोच्च अदालतले मङ्गलबार उनको फिल्म अनिवार्यरुपमा प्रदर्शनमा आउनुपर्ने निर्णय सुनाएको हो ।

कलम अभिनीत फिल्म ‘थग लाइफ’ जुन ५ दखि प्रदर्शनरत छ । भाषिक अभियान्ताहरुले यस फिल्म ‘बाइकट’ गरेपछि कर्नाटक राज्यभर भने प्रदर्शन बिथोलिएको छ । त्यहाँ अझै प्रदर्शनमा आउन सकेको छैन ।

उनले फिल्म प्रचारको एक कार्यक्रममा ‘कर्नाट भाषा तामिलबाट जन्मिएको’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर यो फिल्म विवादमा परेको हो ।

प्रदर्शनको अघिल्लो दिन कर्नाटक फिल्म चेम्बर अफ कमर्स (केएफसीसी)ले समेत कमलको फिल्म प्रदर्शनमा आउन नदिने घोषणा गरेको थियो । यो विषयलाई लिएर कमल अदालत पुगेका हुन् ।

सर्वोच्च अदालतले सेन्सर पास भएको फिल्म अनिवार्य रुपमा कर्नाटकमा प्रदर्शनमा आउनै पर्ने कडा र स्पष्ट आदेश सुनाएको भारतीय मिडिया टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

अदालतले भनेको छ, ‘सेन्सर बोर्डको प्रमाणपत्र पाएको फिल्मलाई रोक्न कुनै पनि प्रकारको राजनीतिक वा सांस्कृतिक दबाब मान्य छैन ।’

अदालतले फिल्म प्रदर्शनमा रोक लगाइएको विषयमा २४ घण्टाभित्र जवाफ पेस गर्न कर्नाटक सरकारलाई निर्देशन दिएको छ ।

साथै अदालतले केएफसीसीको प्रतिबन्ध रोक्न नसक्नुको कारण पनि कर्नाटक सरकारसँग माग गरेको छ ।

सर्वोच्चले कलमको विपक्षीमा उच्च अदालत कर्नाटकले गरेको निर्णयमा पनि प्रश्न उठाएको छ । कमलले विपक्षीसँग माफी माग्नुपर्ने उच्चको निर्णय सर्वोच्चले गलत ठहर गरेको छ ।

सर्वोच्चले भनेको छ, ‘कमल हासनलाई माफी माग्न दबाब दिनु ठीक होइन।’

पहिला कमल फिल्म प्रदर्शन हुनुपर्ने मागसहित उच्च अदातल पुगेका थिए । त्यसबेला उच्चले भाषिका अन्दोलनकर्तासँग माफी माग्नुपर्ने निर्णय सुनाएको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : १३ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख १५ गते मंगलबार। वैशाख

आज २०८३ साल वैशाख १५ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १५ गते मंगलबार। वैशाख

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान