दुई ओभरमै नेपालले लियो स्कटल्याण्डको तीन विकेट « Khabarhub

दुई ओभरमै नेपालले लियो स्कटल्याण्डको तीन विकेट


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलको पहिलो र दोस्रो ओभरमै घरेलु टोलीले दुई विकेट गुमाएको छ ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ०.५ ओभरमा स्कटल्याण्डका ओपनर ब्याटर मार्क वाटको विकेट लिएका हुन्‌ । वाट एक रन जोडेर पेभेलियन फर्किए ।

१.३ ओभरमा स्कटल्याण्डका अर्का ओपनर जर्ज मुन्सी पनि आठ रन बनाएर आउट भए । करन केसीको बलमा मुन्सीलाई दीपेन्द्रसिंह ऐरीले क्याचआउट गराए । १.४ ओभरमा अर्का ब्याट्सम्यान लियाम नायलर पनि करणले लोकेश बमको थ्रोइङमा विकेटकिपर अनिल साहको हातबाट रनआउट गराए ।

नेपालले घरेलु टोलीविरुद्ध पहिलो इनिङमा बलिङ गर्दैछ । सिरिजको तेस्रो खेलमा टस जितेर नेपालले स्कटल्याण्डविरुद्ध फिल्डिङ रोजेको हो ।

सोमबार नेदरल्याण्डस्‌विरुद्ध तेस्रो ओभरमा खेल गुमाएको नेपाल आज पहिलो जीत निकाल्ने प्रयासमा छ । पहिलो खेलमा नेदरल्याण्डस्‌लाई ३९ अङ्कले पराजित गर्दै दुई अङ्क जोडेको स्कटल्याण्ड पनि लगातार दोस्रो जीतको खोजीमा हुनेछ ।
।

नेपालको प्लेइङ ११ मा लोकेश बम र अनिल साह ओपनिङ ब्याटर हुनेछन्‌ । कप्तान रोहतकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, किरण ठगुन्ना, रूपेश सिंह, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी पनि प्लेइङ ११ मा छन्‌ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : ०१ बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि