दुई ओभरमै नेपालले लियो स्कटल्याण्डको तीन विकेट | Khabarhub Khabarhub

दुई ओभरमै नेपालले लियो स्कटल्याण्डको तीन विकेट


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलको पहिलो र दोस्रो ओभरमै घरेलु टोलीले दुई विकेट गुमाएको छ ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ०.५ ओभरमा स्कटल्याण्डका ओपनर ब्याटर मार्क वाटको विकेट लिएका हुन्‌ । वाट एक रन जोडेर पेभेलियन फर्किए ।

१.३ ओभरमा स्कटल्याण्डका अर्का ओपनर जर्ज मुन्सी पनि आठ रन बनाएर आउट भए । करन केसीको बलमा मुन्सीलाई दीपेन्द्रसिंह ऐरीले क्याचआउट गराए । १.४ ओभरमा अर्का ब्याट्सम्यान लियाम नायलर पनि करणले लोकेश बमको थ्रोइङमा विकेटकिपर अनिल साहको हातबाट रनआउट गराए ।

नेपालले घरेलु टोलीविरुद्ध पहिलो इनिङमा बलिङ गर्दैछ । सिरिजको तेस्रो खेलमा टस जितेर नेपालले स्कटल्याण्डविरुद्ध फिल्डिङ रोजेको हो ।

सोमबार नेदरल्याण्डस्‌विरुद्ध तेस्रो ओभरमा खेल गुमाएको नेपाल आज पहिलो जीत निकाल्ने प्रयासमा छ । पहिलो खेलमा नेदरल्याण्डस्‌लाई ३९ अङ्कले पराजित गर्दै दुई अङ्क जोडेको स्कटल्याण्ड पनि लगातार दोस्रो जीतको खोजीमा हुनेछ ।

नेपालको प्लेइङ ११ मा लोकेश बम र अनिल साह ओपनिङ ब्याटर हुनेछन्‌ । कप्तान रोहतकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, किरण ठगुन्ना, रूपेश सिंह, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी पनि प्लेइङ ११ मा छन्‌ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : ०१ बजे

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको