आकर्षक गन्तव्य बन्दै आमपानी झरना « Khabarhub

आकर्षक गन्तव्य बन्दै आमपानी झरना


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

कैलाली– आमपानी झरना कैलालीको लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर चुरे पहाडको फेदीमा अवस्थित छ । उक्त झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्रको यो झरना व्यवस्थित रूपमा निर्माण भई सञ्चालनमा आएपछि पर्यटकको रोजाइमा पर्न थालेको हो ।

आमपानी क्षेत्र यसअघि पनि गर्मी छल्न स्थानीय र वरपरका जिल्लाका बासिन्दाका लागि रमणीयस्थलका रूपमा परिचित थियो ।

कोरोनाको समयमा यो क्षेत्र अझ बढी चर्चामा आएको थियो । कोरोना महामारीको समयमा आवतजावत सीमित हुँदा पनि यहाँ आन्तरिक पर्यटकको चाप बाक्लो देखिन्थ्यो ।

बर्गदा सामुदायिक वनका कार्यालय सचिव ध्वजबहादुर शाहीले भने, ‘यो ठाउँ पहिले पनि प्रकृतिप्रेमीका लागि लोकप्रिय थियो, झरना निर्माणपछि भने आन्तरिक पर्यटकको सङ्ख्या झनै बढेको छ ।’

सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत झरनाको पूर्वाधार निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

राजमार्गदेखि नजिकै शान्त वातावरणमा रहेकाले पनि क्षेत्रको दिगो व्यवस्थापन गरी पर्यापर्यटन विकास गर्ने उद्देश्यले झरना निर्माण गरिएको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाई प्रमुख डबलबहादुर बोहोराले बताए ।

झरना निर्माण हुनुभन्दा पहिले पनि यहाँ शौचालय  र पिकनिक स्थल बनाइएको उनको भनाइ छ ।

सामुदायिक वनमा रहेको खोलामा झरना निर्माण कार्यका लागि सामुदायिक वनकै अध्यक्ष केशवबहादुर रावलको अध्यक्षतामा निर्माण समिति बनाइएको थियो ।

झरना क्षेत्रमा नुहाउन र पिकनिक गर्न मिल्ने पूर्वाधार विकासका साथै खोलाको व्यवस्थापन गरी झरनामा निरन्तर पानी आपूर्ति हुने व्यवस्था मिलाइएको छ ।

झरनाको पानी सञ्चित गर्न ट्याङ्की, नुहाउने ठाउँ, फोहोरा, कपडा फेर्ने कोठा, शौचालय र पदमार्ग बनाइएको इकाई प्रमुख बोहराले जानकारी दिए । झरनाको हेरचाह, सुरक्षा र व्यवस्थापन सामुदायिक वनले गर्दै आएको छ ।

सामुदायिक वनका सचिव शाहीका अनुसार हाल झरना क्षेत्रमा शनिबार र सार्वजनिक बिदामा ५०० भन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । अन्य दिनमा दैनिक १०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् । कैलाली, बर्दिया, सुर्खेतलगायत छिमेकी भारतसम्मका पर्यटकहरू पनि यहाँ पुग्ने गरेको शाहीले बताए ।

झरना निर्माणपछि पर्यटकहरूको सङ्ख्या बढे पनि समस्या पनि बढेको उनको भनाइ छ ।

अब सामुदायिक वनले सो क्षेत्रलाई व्यवस्थित गर्ने र फोहर व्यवस्थापनका लागि टिकट प्रणाली लागू गरिने जनाइएको छ ।

झरना सञ्चालनबाट उठेको आम्दानी सामुदायिक वनको कोषमा जाने हुँदा त्यसले वन संरक्षण, नयाँ पूर्वाधार निर्माण र स्थानीय रोजगारी सिर्जनामा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

छोटो घुमघाम गन्तव्य खोज्नेहरूका लागि आमपानी झरना नयाँ आशा बनेको स्थानीयको भनाइ छ । (रासस)

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ६ : ५८ बजे

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।