लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने « Khabarhub

लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामिन यामलले बार्सिलोनाको आइकोनिक १० नम्बर जर्सी लगाउने भएका छन्। बार्सिलोनाले लामिनलाई १० नम्बर जर्सी दिएर नयाँ सुपरस्टारको रुपमा सार्वजनिक गरेको हो। योसँगै १० नम्बर जर्सी लगाउने विश्व फुटबल र बार्सिलोनाको महान् खेलाडीको सूचीमा उनको नाम लेखिने भएएको छ।

यो जर्सी दिएसँगै बार्सिलोनाले लमिनलाई लियोनेल मेसीको उत्तराधिकारीको रुपमा प्रस्तुत गरेको छ। मेसीले जस्तै यमलले पनि बार्सिलोनाकै युवा एकाडेमीबाट मुख्य टोलीसम्मको यात्रा तय गरेका हुन्। यमल मेसी जस्तै सानै उमेरमा स्टार फुटबलर भएर उदाइसकेका छन्। यमलले मेसीलाई आफ्नो आइडल मान्ने गर्छन्।

यसअघि यो जर्सी मेसी, रोनाल्डिन्हो, रिभाल्डो र माराडोनाले लगाएका थिए ।

दुई दिन अगाडि मात्र १८ औं वर्ष प्रवेशको जन्मदिन मनाएका लामिन विश्व फुटबलमा सुपरस्टारका रुपमा परिचित भइसकेका छन्। यो जर्सीले उनलाई फुटबलको महान खेलाडी बनाउने बाटोमा डोहोर्याउने निश्चित देखिन्छ।

अघिल्लो महिना मात्र लामिन यामलले बार्सिलोनासँग थप ६ वर्षका लागि सम्झौता गरेका छन्। स्पेनका १८ वर्षीय विङ्गरको सम्झौता सन् २०२६ मा सकिने भएपछि सन् २०३१ सम्मका लागि लम्ब्याइएको हो।

सन् २०२३ मा १५ वर्षको उमेरमा बार्सिलोनामा डेब्यु गरेका उनले हान्सी फ्लिकको प्रशिक्षणमा रहेर बार्सिलानालाई ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जिताइ सकेका छन्।

उनी क्लबको इतिहासमा नै ला लिगा, कोपा डेल रे तथा स्पेनिस सुपर कपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन्। स्पेनको राष्ट्रिय टोलीबाट उनले १९ खेल खेलेका छन्।

सन् २०२४ को युरो कपको फाइनलमा उनी सहितको स्पेनले इङ्गल्यान्डलाई २–१ ले हराउँदै उपाधि जितेको थियो।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ८ : ३९ बजे

कोइराला परिवारका शेखर–शशांकसँग नेतृत्वचेत देखिएन : अमरसिंह पुन

काठमाडौं- पार्टीलाई विधि विधानबाट चलाउनु पर्छ भन्ने आवाज बुलन्द गर्दै

जेन-जी सहिदकी दिदी भन्छिन्- मेरो भाइको नाममा सालिक बनाइयोस्

काठमाडौं– पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ

विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको  अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष

विशेष महाधिवेशनमा विनोद चौधरी पनि उपस्थित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेता मानिएका

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको