करेन्ट लागेर एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर « Khabarhub

करेन्ट लागेर एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर


१ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा करेन्ट लागेर ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो ।

एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको हरिवनस्थित नमूना अस्पतालमा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  १० : १० बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच