विधान महाधिवेशन तयारीका क्रममा एमाले सचिवालय बैठक बस्दै « Khabarhub

विधान महाधिवेशन तयारीका क्रममा एमाले सचिवालय बैठक बस्दै


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज पार्टी मुख्यालय, च्यासलमा बस्दै छ ।

एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुने जानकारी दिए । पार्टीको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्नेगरी एमालेले आवश्यक तयारी गरिरहेको छ ।  

यस्तै सोही विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । 

आज बस्ने एमाले सचिवालय बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने कार्यालय सचिव डा अधिकारीले बताए। यसअघि गत असार ११ गते एमालेको ५३औँ सचिवालय बैठक बसेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १२ : २१ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको