गहुँ र धानको बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन | Khabarhub Khabarhub

गहुँ र धानको बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका एक हजार २५३  किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि विकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरूलाई बीउ उत्पादन गरेबापत रु १ करोड ४७ लाख ८० हजार ३५० बितरण गरेको हो ।
 
कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार किसानहरूले १ हजार १ सय देखि १ लाख ४३ हजार सम्म प्रोत्साहन रकम पाएका छन् । उनीहरूलाई उत्पादन र क्षेत्रफलका आधारमा प्रोत्साहन रकम बितरण गरिएको हो । 

उनले भने ‘स्रोत बीउमा प्रति हेक्टर २० हजार र उन्नत बीउमा प्रति हेक्टर १५ हजारका दरले प्रोत्साहन रकम बितरण गरिएको हो ।’ गहुँ र धानको उत्पादनमा किसानहरूले प्रोत्साहन रकम पाएका हुन ।

कतिपय किसानहरूको भने जग्गा धनी पूर्जा तथा कागजात नमिलेका कारण प्रोत्साहन रकम पाउनबाट वञ्चित भएको उनले बताए। उनका अनुसार ९६१ दशमलब ८३ हेक्टर क्षेत्रफलमा बीउ उत्पादन गर्ने ती किसानले प्रोत्साहन रकम प्राप्त गरेका हुन ।

कृषि विकास कार्यालय चितवनले ‘बीउ बिजन आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत भरतपुर महानगरपालिका र माडी नगरपालिकाका बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम बितरण  गरिएको हो । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले असारको अन्त्यमा प्रदान गरिएको रकम किसानका लागि खेतीयोग्य समयमा राहत बन्ने बताए । 

आगामी दिनमा थप किसान लक्षित कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ । किसानहरूलाई जग्गासम्बन्धी कागजात व्यवस्थित गर्न समेत उनले आग्रह गरे ।
 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १२ : २८ बजे

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन

बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ

काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर

‘घरमै सुरक्षित छैनन् छोरी’

गोरखा – गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान