इराकको सपिङ मलमा आगलागी, ५० जनाको मृत्यु « Khabarhub

इराकको सपिङ मलमा आगलागी, ५० जनाको मृत्यु


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बगदाद– पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा करिब ५० जनाको मृत्यु भएको र घाइते भएको सरकारी मिडियाले बिहीबार जनाएको छ ।

‘एउटा प्रमुख सपिङ सेन्टरमा भएको दुःखद आगलागीमा पीडित, शहीद र घाइतेको सङ्ख्या करिब ५० जना पुगेको छ’, वासित प्रान्तका गभर्नर मोहम्मद अल–मियाहीले आधिकारिक आइएनए समाचार एजेन्सीलाई भने ।

आगलागी बुधबार राति सुरु भएको थियो । आगोले कथित रूपमा पहिलो तलाबाट सुरु भएर छिट्टै हाइपर मललाई घेरेको थियो । कारण तुरुन्तै थाहा हुन सकेको छैन ।

एम्बुलेन्सहरूले बिहान ४ः०० बजेसम्म घाइतेहरूलाई अस्पतालमा लगिरहेका थिए । बगदादबाट करिब एक सय ६० किलोमिटर (एक सय माइल) दक्षिणपूर्वमा रहेको कुटको अस्पतालका वार्डहरू भरिएका थिए ।

एएफपीका एक संवाददाताले मल पाँच दिनअघि मात्र खोलिएको र अस्पतालमा जलेका शवहरू देखेको रिपोर्ट गरेको बताए ।

आगलागी अहिले नियन्त्रणमा आएको छ तर दमकलकर्मीहरूले बेपत्ता पीडितहरूलाई खोज्न जारी राखेका छन् ।

सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा विचलित आफन्तहरू समाचारको प्रतीक्षामा रहेको देखाइएको छ । तीमध्ये केही एम्बुलेन्सहरू आइपुग्दा शोकमा डुबेका छन् ।

एक व्यक्ति भुईँमा बसेर छाती पिट्दै र ‘हे मेरो बुबा, हे मेरो हृदय’ भनेर रोएको देखिएको थियो ।

एम्बुलेन्सहरू आइपुग्दा जाँच गर्दै दर्जनौँ मानिस अस्पताल अगाडि भेला भएका थिए र केही मानिस पीडामा भुईँमा बेहोस भएका थिए ।

तीमध्ये एक ५० वर्ष उमेरका चिकित्सक नासिर अल–कुरैशीले आगलागीमा परिवारका पाँच जना सदस्य गुमाएको बताए ।

‘हामीमाथि एउटा विपत्ति आएको छ’, उनले एएफपीलाई भने, ‘हामी केही खाना खान, रातिको खाना खान र घरमा बिजुली कटौतीबाट बच्न मलमा गएका थियौँ । दोस्रो तलामा एयर कन्डिसनर विस्फोट भयो र त्यसपछि आगो लाग्यो र हामी यसबाट उम्कन सकेनौँ ।’

गभर्नर मियाहीले तीन दिनको शोक घोषणा गरेका छन् र स्थानीय अधिकारीहरूले मलको मालिक र भवन ठेकेदार विरुद्ध मुद्दा दायर गर्ने बताएका छन् ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको र प्रारम्भिक निष्कर्ष ४८ घण्टाभित्र आउने अपेक्षा गरिएको गभर्नरले बताए ।

‘यो त्रासदी एउटा ठूलो आघात हो र सबै सुरक्षा उपायहरूको गम्भीर समीक्षा आवश्यक छ’, उनले भने । 

इराकको निर्माण क्षेत्रमा सुरक्षा मापदण्डहरू प्रायः बेवास्ता गरिन्छ र दशकौँको द्वन्द्वपछि पूर्वाधार बिग्रिएको यो देश प्रायः घातक आगलागी र दुर्घटनाहरूको दृश्य हुन्छ ।

तापक्रम ५० डिग्री सेल्सियस (१२२ डिग्री फारेनहाइट) पुग्ने गर्मीमा आगलागी बढ्छ ।

सन् २०२३ सेप्टेम्बरमा भीडभाड भएको इराकी विवाह हलमा आगलागी भएपछि बाहिर निस्कनका लागि आतङ्कित भागदौड हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको थियो ।

सन् २०२१ जुलाईमा दक्षिणी इराकको अस्पतालको कोभिड युनिटमा आगलागी हुँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो । रासस
 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १२ : ५५ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले