धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम « Khabarhub

धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिका-७ धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम सुरु भएको छ । असल कृषि अभ्यास र प्रविधिको अवलम्बन गरी जलवायु अनुकूलन क्षमताको विकास गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले यहाँस्थित कृषि ज्ञान केन्द्रले कार्यक्रम सञ्चालन गरेको हो । 

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरण गर्दै किसानलाई वातावरण अनुकूल उत्पादनमा केन्द्रित बनाउँदै उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए। उनका अनुसार सिर्जनशील कृषक समूहमा आवद्ध २२ परिवार कृषकले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रविधिबाट खेती गर्न थालेका छन् । 

कार्यक्रमको ९० प्रतिशत अनुदानमा चार वटा सुधारिएको भकारो निर्माण, सिँचाइका लागि चार हजार मिटर पाइप, पानी संकलन गर्ने नौ वटा ड्रम, दुई वटा प्लास्टिकका टनेल र एउटा थोपा सिँचाइ प्रविधि जडान भएको समूहका अध्यक्ष प्रकाश खत्रीले जानकारी दिए । 

जलवायुजन्य जोखिमका दृष्टिले तुलनात्मक रूपमा बढी संवेदनशील रहेको क्षेत्र पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको प्रमुख बास्तोलाले जानकारी दिए । ‘कार्यक्रम कार्यान्वयनका लागि समूहलाई केन्द्रले गत आर्थिक वर्ष २०८१-८२ मा रु पाँच लाख सहयोग गरेको छ । गण्डकी प्रदेश सरकारले ‘पाइलट प्रोजेक्ट’का रूपमा यो कार्यक्रम अघि सारेको हो’, उनले भने । 

साथै सामाजिक र आर्थिक रूपमा पछाडि परेका, भौगोलिक विकटता, खाद्य सुरक्षाको जोखिममा रहेका चार स्थानमा ‘ग्रामीण पोषण सुरक्षण’ कार्यक्रम सञ्चालन भएको छ । धवलागिरि- बगर, मालिका गाउँपालिका-४ ओखरबोट, रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गले र अन्नपूर्ण गाउँपालिका-८ राम्चेमा उक्त कार्यक्रम लागू भएको केन्द्रका प्रमुख बास्तोलाले जानकारी दिए। उनका अनुसार कार्यक्रममार्फत एक सय भन्दाबढी कृषक लाभान्वित भएका छन् । 

केन्द्रको पाँच-पाँच लाख अनुदानमा कृषक समूह र सहकारी संस्थाले तरकारी खेती, कुखुरापालन, सिँचाइ पूर्वाधार निर्माण, प्लास्टिक घर निर्माण, मौरीपालनका लागि सहयोग गरेका छन् ।

घरायसी उपभोगका लागि आवश्यक पर्ने पौष्टिक तत्वयुक्त आहारा आपूर्ति सहज बनाई उपभोग वृद्धि र पोषणको अवस्था सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको बास्तोलाले बताए।
 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १ : ०० बजे

लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा

काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ

विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल, घरेलु मैदानमा बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

बिपी राजमार्गमा आवागमन बन्द

काभ्रेपलाञ्चोक – वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख २२ गते मंगलबार। जेठ

आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २२ गते मंगलबार। जेठ