राष्ट्रिय डेङ्गी सचेतना अभियान सुरु  « Khabarhub

राष्ट्रिय डेङ्गी सचेतना अभियान सुरु 


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले घोषणा गरेको राष्ट्रिय डेङ्गी सचेतना अभियान बिहीबारदेखि सुरु भएको छ । 

लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना बढाउने लक्ष्यसहित सरकारले साउन महिनाभर डेङ्गी सचेतना अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तीनै तहका सरकार सबै मन्त्रालय, सांसदको सहभागिता यो अभियान सञ्चालन हुनेछ ।

जसमा ‘हरेक शुक्रबार सफा शुक्रवार’ मार्फत सबै सार्वजनिक निकाय र संस्थाहरूमा सरसफाइ तथा लामखुट्टे प्रजनन स्थलहरू खोजी गरी सफा गर्ने कार्यक्रम रहेको छ ।

दोस्रो कार्यक्रम अन्तर्गत ‘हप्ताको एक दिन एक घण्टा हुँदैन कुनै कष्ट’ भन्ने सन्देशसहित समुदायको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन हुनेछ ।

यसैगरी हरेक वडामा घरदैलो कार्यक्रम अभियानमा पोष्टर र सञ्चारमाध्यमद्वारा डेंगीको जोखिम लक्षण र रोकथामबारे जनचेतना अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको छ । 

यस वर्ष हुम्ला, डोल्पा, मनाङ र रसुवाबाहेक ७३ जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ । डेङ्गी लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न डाक्टरहरूले आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १ : ०८ बजे

लुभुको जमिनमुनि ग्यास, पाक्छ निःशुल्कमा खाना

ललितपुर– ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु

मुटुमा प्वाल परेका टेम्पो चालकलाई यातायात मजदुर संगठनको ८९ हजार सहयोग

काठमाडौं- मुटुमा प्वाल परेको समस्याबाट सात महिनादेखि उपचाररत काठमाडौंका सफा

गन्यापधुरा आधारभूत अस्पताल सञ्चालन

डडेल्धुरा– डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई