राष्ट्रिय डेङ्गी सचेतना अभियान सुरु  | Khabarhub Khabarhub

राष्ट्रिय डेङ्गी सचेतना अभियान सुरु 


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले घोषणा गरेको राष्ट्रिय डेङ्गी सचेतना अभियान बिहीबारदेखि सुरु भएको छ । 

लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना बढाउने लक्ष्यसहित सरकारले साउन महिनाभर डेङ्गी सचेतना अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तीनै तहका सरकार सबै मन्त्रालय, सांसदको सहभागिता यो अभियान सञ्चालन हुनेछ ।

जसमा ‘हरेक शुक्रबार सफा शुक्रवार’ मार्फत सबै सार्वजनिक निकाय र संस्थाहरूमा सरसफाइ तथा लामखुट्टे प्रजनन स्थलहरू खोजी गरी सफा गर्ने कार्यक्रम रहेको छ ।

दोस्रो कार्यक्रम अन्तर्गत ‘हप्ताको एक दिन एक घण्टा हुँदैन कुनै कष्ट’ भन्ने सन्देशसहित समुदायको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन हुनेछ ।

यसैगरी हरेक वडामा घरदैलो कार्यक्रम अभियानमा पोष्टर र सञ्चारमाध्यमद्वारा डेंगीको जोखिम लक्षण र रोकथामबारे जनचेतना अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको छ । 

यस वर्ष हुम्ला, डोल्पा, मनाङ र रसुवाबाहेक ७३ जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ । डेङ्गी लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न डाक्टरहरूले आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १ : ०८ बजे

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन