अछाममा वडाध्यक्षले युवाहरूको समूह लगेर ठेकेदार कुटाएपछि… « Khabarhub

अछाममा वडाध्यक्षले युवाहरूको समूह लगेर ठेकेदार कुटाएपछि…


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

धनगढी- अछाममा एक जना ठेकेदारमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानका ३१ वर्षीय निर्माण व्यवसायी कर्णबहादुर बुढा एकना वडाध्यक्ष नेतृत्वको समूहबाट कुटिएका हुन् ।

मंगलसेन नगरपालिका–५ का वडाध्यक्ष झंकर भाटको नौ जनाको समूहले बुढामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि खुकुरी, फलामको रड, नक, मुक्का, लाता लगायतले कुटपिट भएको प्रहरीले बताएको छ ।

प्रहरीले वडाध्यक्ष झंकर भाट र मदन विष्टलाई पक्राउ गरेको छ। तर, उनीहरूले प्रयोग गरेका खुकुरी, नक, फलामको रड लगायतका हतियारहरू प्रहरीले बरामद गर्न सकेको छैन। घटनामा संलग्न अन्य सात जना पनि फरार रहेका छन् ।

वडाध्यक्ष भाटले लेनदेनको विवादका कारण नौ जनाको समूहमा आएर बुढामाथि कुटपिट गरेको प्रहरीले बताएको छ । बुढाका २ वटा दाँत भाँचिएका छन्। उनको चिउरो तथा अनुहारमा चोट लागेको छ । बुढाका शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।

अछामको सदरमुकाम मंगलसेनमा रहेको सनसाइन प्लाजा होटेलमा बुढामाथि भाटको समूहले कुटपिट गरेको हो । गत असार २२ गते दिउँसो बुढा कुटिएका हुन् । 

तर, असार ३० गते मात्र बुढाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । बुधबार मात्र वडाध्यक्षसहितका २ जना फक्राउ परेका छन् । अन्य फरार भएका छन् ।

जिल्ला अदालत, अछामले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको छ। घटनाको विषयमा अनुसन्धान जारी रहेको अछाम प्रहरीले बताएको छ । 

मंगलसेन नगरपालिका– ५ का वडाध्यक्ष झंकर भाट, ३५ वर्षीय बल भाट, २६ वर्षीय कमल भाट, ३२ वर्षीय मदन बिष्ट, वडा नम्बर ४ बस्ने २७ वर्षीय बिष्णे कठायत र अन्य चार जना गरेर नौ जनाको समूहले कर्णबहादुर बुढामाथि कुटपिट गरेको हो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १ : ४५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय