काठमाडौं महानगरमा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १६,१३७ विद्यार्थी छनोट « Khabarhub

काठमाडौं महानगरमा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १६,१३७ विद्यार्थी छनोट


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षामा १६,१३७ जना विद्यार्थी छनोट भएका छन्। देशभरका ७७ जिल्लाबाट प्राप्त कुल १७,२२९ आवेदनमध्येबाट यी विद्यार्थीहरू छनोट भएका हुन् । 

पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सो को प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको, अथवा काठमाडौँ महानगरपालिकामा स्थाई बसोबास भएको प्रमाण संलग्न नभएका १०९२ आवेदन  अस्वीकृत भएका हुन्।

शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीहरूमा विज्ञान संकायका लागि ११,५९०, व्यवस्थापन संकायका लागि ४,१६४, मानविकी संकायका लागि ३२, शिक्षा संकायका लागि ९५ र कानुन संकायका लागि २५६ जना समावेश छन् । छनोट भएका विद्यार्थीहरूलाई इमेल र फोनमार्फत सूचना पठाइसकिएको छ। 

प्रवेश पत्र डाउनलोड प्रक्रिया
छनोट भएका विद्यार्थीहरूले साउन १० देखि काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट https://entrance.kathmandu.gov.np/ मा गएर ‘एडमिट कार्ड’ विकल्पमार्फत आवश्यक विवरण भरेर प्रवेश पत्र डाउनलोड गर्न सकिने छ। प्रवेश पत्रमा परीक्षा केन्द्र, मिति र समयसम्बन्धी जानकारी समावेश हुनेछ।

परीक्षा विवरण
छात्रवृत्ति प्रवेश परीक्षा साउन ३ गते बिहान ८:०० देखि १०:०० बजेसम्म आयोजना हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०-३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिने छन्। परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्नेछ, र गलत उत्तरका लागि कुनै नकारात्मक अंकन गरिने छैन। 

परीक्षाको नतिजापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ। यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १ : ४९ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय