सरकार भ्रष्टाचारमा लिप्त् रहिरहे सडक आन्दोलनबाट हटाउनुपर्छ : प्रचण्ड « Khabarhub

सरकार भ्रष्टाचारमा लिप्त् रहिरहे सडक आन्दोलनबाट हटाउनुपर्छ : प्रचण्ड


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गरेका छन् । 

ललितपुरको सुनाकोठीमा बिहीबार ‘श्रम र उत्पादनमा वाईसीएल अभियान’को उद्‌घाटन गर्दै उनले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गरेका हुन् ।  

माओवादी केन्द्रले प्रतिपक्षको हैसियतले संसद्मा सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको अध्यक्ष प्रचण्डको भनाइ थियो । 

‘यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त् रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ,’ उनले भने । 

अध्यक्ष प्रचण्डले वाईसीएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई पार्टीले अघि सारेको ‘उत्पादन ब्रिगेड’को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे । 

‘यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो,’ उनले भने, ‘यसका लागि म वाईसीएललाई धन्यवाद दिन चाहन्छु ।’

कार्यक्रममा वाईसीएल नेपालले देशभर ५५ ठाउँबाट अभियान सञ्चालन गरेको जानकारी दिइएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १ : ५१ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र