डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु | Khabarhub Khabarhub

डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन महिना सुरु भएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं– ८ सिपाडोल स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु भएको छ ।

मेला सुरु भएसंगै केदारनाथको शीर मानिएको डोलेश्वर महादेव मन्दिरमा दर्थनार्थीको घुइँचो लागेको छ ।  दर्शनार्थीको आगमनले डोलेश्वर महादेव मन्दिर परिसर भरिभराउ भएको छ । 

मेलाका लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरूको सहजताका लागि विशेष व्यवस्था गरेको छ ।

ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको सहज बन्दोबस्त मिलाइएको छ । शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक भीड हुने भएकाले पूजा गर्न एक घण्टाभन्दा बढी लाइन बस्न नपर्ने गरी व्यवस्थापन गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । यस्तै श्रावणी मेलाको अवसरमा डोलेश्वर महादेव मन्दिरमा कलश यात्रा समेत गरेको थियो ।

कलश यात्रा पछि आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले नागरिकहरूलाई सहज रूपमा स्वास्थ्य उपचारका लागि प्रदेशभित्र आवश्यक पूर्वाधार उपलब्ध गराउन ध्यान केन्द्रित गरेको बताए । 

डोलेश्वर महादेव मन्दिरलाई विक्रम संवत् २०६६ साल भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको थियो । सोही अवसरमा भदौ ६ गते विशेष कार्यक्रम आयोजना गरी मेलाको समापन गरिन्छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  २ : ४१ बजे

काँकरभिट्टाबाट साउन महिनामा एक अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

झापा– प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट

पर्सामा हैजा, छिमेकी जिल्लामा त्रास : १० दिनसम्म कारण पत्ता लागेन

काठमाडौं – पर्सामा भदौ ५ गते पुष्टि भएको हैजाको प्रकोप

स्पेनिस ला लिगा : बार्सिलोना र रायो भालेकानोले खेले बराबरी

काठमाडौं– स्पेनिस ला लिग फुटबलमा बार्सिलोना र रायो भालेकानोले बराबरी

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन

सशस्त्रको बीओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १० स्थित सशस्त्र प्रहरी बल नेपालको