औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ : मन्त्री भण्डारी « Khabarhub

औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ : मन्त्री भण्डारी


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक उद्यमशीलता रहेका ठाउँमा रोजगारी सिर्जना हुने भएकाले औद्योगिक पूर्वाधार विकासमा सरकार केन्द्रित रहेको बताएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बिहीबार आयोजित ३८औँ वार्षिकोत्सव समारोहमा उनले औद्योगिक पूर्वाधार विकासमा सरकार बाधक नबनी साधक बन्ने धारणा राखे ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले औद्योगिक क्षेत्रलाई सूचना प्रविधिसँग जोडेर विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले औद्योगिक क्षेत्रलाई आधुनिक प्रविधियुक्त, नवीन तथा प्रतिस्पर्धी बनाउन निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने धारणा राखे।

बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अध्यक्ष बाबुराम पन्तले औद्योगिक प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै आफूहरू अगाडि बढिरहेको उल्लेख गरे । 

समारोहमा विभिन्न औद्योगिक क्षेत्रमा कार्यरत उत्कृष्ट कर्मचारी तथा सफल उद्योगलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो । देशभरका औद्योगिक क्षेत्रको एकीकृत व्यवस्थापन, समन्वय तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित यस संस्थाले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेको हो ।

सरकारले लिएको नीतिअनुरूप औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगलाई सेवा दिने सक्रिय संयन्त्रका रूपमा आफ्नो भूमिका मजबुत बनाउँदै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  २ : १४ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय