भारतसँग व्यापार सम्झौताको अत्यन्तै नजिक छौँ : डोनाल्ड ट्रम्प  | Khabarhub Khabarhub

भारतसँग व्यापार सम्झौताको अत्यन्तै नजिक छौँ : डोनाल्ड ट्रम्प 


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र भारतबीच व्यापार सम्झौता हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता ‘अत्यन्तै नजिक’ रहेको बताएका छन् । 

‘हामी भारतसँगको सम्झौताका लागि अत्यन्तै नजिक छौँ,’ ह्वाइटहाउसमा पत्रकारहरू सँगको कुराकानीमा उनले भने, ‘अमेरिकाका लागि भारतीय बजारहरू अझै खुल्छन् ।’ 

बीबीसीका अनुसार भारत र अमेरिकाबीच पछिल्लो केही सातादेखि व्यापार सम्झौताका लागि छलफल चल्दै आएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले गत अप्रिल २ मा भारतमाथि २७ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । 

तर, पछि यसको समयावधि ९ जुलाईसम्म बढाइएको थियो । उक्त म्याद अगस्ट १ सम्मका लागि थप गरिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  २ : ३२ बजे

कोशी ब्यारेजमा जलसतह बढेपछि ३१ ढोका खोलियो

सुनसरी – सप्तकोशी नदीमा पानीको सतह बढेको छ। जिल्ला प्रहरी

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ १६ गते सोमबार । भाद्र

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १६ गते सोमबार ।

गंगा सोनामले जितिन् ‘नेपाल आइडल सिजन–६’को उपाधि

काठमाडौं – चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनमा