आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ १६ गते सोमबार । भाद्र शुक्ल पक्षको नवमी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर १ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । नयाँ साथीसँगको भेटले मनमा उत्साह थपिने छ । स्वास्थमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति हुनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।

वृष : दिन राम्रो छ । परिवारमा मेलमिलाप हुनेछ । घुमघामको योग छ । डुब्न लागेको सम्पत्ति प्राप्त हुनेछ । दाजुभाइबाट साथ र सहयोग मिल्नेछ । स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ ।

मिथुन : दिन सामान्य छ । तपाईंको बोलीले व्यवहारमा समस्या हुनेछ । बोल्दा तीन पटक सोच्नु उचित हुन्छ । व्यापाारमा घाटा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ । परिवाारको साथ र सहयोग मिल्नेछ ।

कर्कट : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । विदेशको रमझमले मन आकर्षित हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन सामान्य छ । अनावश्यक यात्रामा समय र खर्च बढ्नेछ । तपाईंका काममा अवरोध सिर्जना हुनेछ । परिवारको साथ र सहयोगले मनमा सन्तोष बढ्नेछ । विज्ञको सल्लाहमा काम गर्नु उचित हुन्छ ।

कन्या : दिन राम्रो छ । कृषिको लगानीबाट नाफा हुनेछ । साथीको साथ मिल्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ ।

तुला : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ । समाजसेवााले घर व्यवहारमा समस्या हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । साथीसँगको भेटले महत्त्वपूर्णा काम बन्नेछ । शिक्षामा प्रगति हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । काम गर्दा सचेत बनेर अगाडि बढ्नु उचित हुन्छ ।

धनु : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । विपक्षीको साथमा महत्त्वपूर्ण काम बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । परिवारको सल्लाह नगरी ठुलाो कारोबार नगर्नु उचित हुन्छ । राजनीतिक र सामाजिक क्षेत्रमा प्रगति हुनेछ । आर्थिक क्षेत्रमा भने सचेत बन्नुपर्ने दिन छ ।

कुम्भ : दिन राम्रो छ । साथीसँगको भेटले मन शान्त बन्ने छ । शिक्षामा प्रगति हुनेछ । गुरुको साथ पाएमा प्रगति हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मीन : दिन राम्रो छ । शुभग्रहको बहुमत रहेको छ । महत्त्वपूर्ण ठाउँमा बोल्दा सोचविचार पुर्याउनुपर्ने आवश्यकता देखिन्छ । शिक्षामा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । परिवारको साथ र सहयोग रहनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ५ : ०९ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको