छाउगोठ बनाउने र बस्न बाध्य पार्नेको सरकारी सुविधा रोक्ने तयारी « Khabarhub

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेको सरकारी सुविधा रोक्ने तयारी


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले छाउगोठसम्बन्धी कुरीतिविरुद्ध नीतिगत रुपमै कदम चालिने बताएका छन् ।

उनले छाउगोठ बनाउने र महिनावारी हुँदा त्यसमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुनर्विचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताए ।

बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीसँगको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भनेर देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताए ।

‘महिनावारीमा ठुलो अन्धविश्वासले काम गरेको छ’, मन्त्री लेखकले भने, ‘यसलाई हटाउने गरी अगाडि बढ्न अन्तरपार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ ।’

महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकले बताए ।

‘महिलाहरुको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु’, लेखकले भने, ‘अपराध गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ ।’

त्यस क्रममा अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष ममता गिरीसहितको टोलीले महिला बालबालिकामाथि हुने गरेको विभेद र हिंसाका घटना बढिरहेको भन्दै त्यसको नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापन पत्र पनि दिएको छ।

असार २७ गते कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिक-१ निगालीमा छाउपडी गोठमा सुतेका बेला सर्पले टोकेर ३२ वर्षीया कमला आउजीको ज्यान गएको थियो ।

त्यसपछि देशभर छाउपडीविरुद्ध आक्रोश देखिएको छ। भारतमा मजदुरी गरेर पक्की घर बनाएकी उनी महिनावारी हुँदा छाउगोठमा सुत्न पुगेकी थिइन् । उनलाई त्यहीँ सर्पले टोकेर ज्यान गएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  २ : २७ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय