जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आयो : मन्त्री खड्का « Khabarhub

जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आयो : मन्त्री खड्का


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको बताएका छन् । 

विद्युत् विकास विभागको ३२औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्काले नीति र नियमले काम रोकिएको भए सुधार गरेर भए पनि जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको बताएका हुन् ।

ऊर्जा अब केवल उज्यालो दिने माध्यम नभई मुलुकको समृद्धिसँग गाँसिएको विषय भएकाले निजी क्षेत्र मिलेर सरकार अघि बढ्ने उनले बताए । उनले वर्तमान सरकारको प्राथमिकता देशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्ने रहेको उल्लेख गर्दै प्राकृतिक स्रोतको पर्याप्त सदुपयोग गर्न सके ऊर्जा क्षेत्र व्यापार र समृद्धिको मूल स्रोत बन्न सक्ने धारणा राखे ।

ऊर्जा मन्त्री खड्काले जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र संरचनागत अड्चनलाई हटाउन नीति–नियमको पुनरावलोकन गर्ने बताए ।  

कार्यक्रममा सेवानिवृत्त कर्मचारीहरू मधु प्रसाद भेटवाल, अरुण कुमार झा र सरिता प्रधानलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  २ : ४५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय