नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा उत्साह, नेप्से ७५ अंकले उकालो « Khabarhub

नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा उत्साह, नेप्से ७५ अंकले उकालो


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन शेयर बजारमा उत्साह देखिएको छ।

आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल देखिएको हो ।

बिहीबार एकै दिन नेप्से ७५.८४ अंकले बढेको छ । बिहीबार नेप्से २.७१ प्रतिशतले बढ्दा परिसूचक २८७०.६३ बिन्दुमा पुगेको छ ।

नेप्सेमा उछाल आएसँगै कारोबारमा पनि उत्साह देखिएको छ। बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ बराबरको ३ अर्ब ८६ लाख ३४ हजार ३५० कित्ता शेयर कारोबार भएको छ ।

यस दिन २३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९ वटा कम्पनीको मात्रै घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर रहेको छैन ।

दिनभरमा ३११ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ४१ हजार ४३४ पटक शेयर किनबेच भएको छ । सबै १३ समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी अन्य समूहको बजार ५.०९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ३ : ३५ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना