नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा उत्साह, नेप्से ७५ अंकले उकालो « Khabarhub

नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा उत्साह, नेप्से ७५ अंकले उकालो


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन शेयर बजारमा उत्साह देखिएको छ।

आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल देखिएको हो ।

बिहीबार एकै दिन नेप्से ७५.८४ अंकले बढेको छ । बिहीबार नेप्से २.७१ प्रतिशतले बढ्दा परिसूचक २८७०.६३ बिन्दुमा पुगेको छ ।

नेप्सेमा उछाल आएसँगै कारोबारमा पनि उत्साह देखिएको छ। बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ बराबरको ३ अर्ब ८६ लाख ३४ हजार ३५० कित्ता शेयर कारोबार भएको छ ।

यस दिन २३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९ वटा कम्पनीको मात्रै घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर रहेको छैन ।

दिनभरमा ३११ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ४१ हजार ४३४ पटक शेयर किनबेच भएको छ । सबै १३ समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी अन्य समूहको बजार ५.०९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ३ : ३५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि