राजेन्द्र लिङ्देन र दीपकराज जोशीबीच भेटवार्ता  « Khabarhub

राजेन्द्र लिङ्देन र दीपकराज जोशीबीच भेटवार्ता 


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र स्वतन्त्र युवा नेता दीपकराज जोशीबीच भेटवार्ता भएको छ । धुम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । 

भेटमा दुई नेताबीच विदेशबाट नेपाल फर्किएका युवालाई देशमै स्थायित्व दिन सक्ने वातावरण निर्माणबारे गहिरो छलफल भएको छ ।

विदेशमा रहेका दक्ष जनशक्तिहरूलाई स्वदेश फर्कन प्रेरित गर्न सकिने उपायहरूबारे समेत छलफल भएको बताइएको छ ।

जोशीले नेपाल फर्केर देशमै केही योगदान दिने सोच राखेका युवाको ऊर्जा सदुपयोग गर्न नीति निर्माणमा स्पष्टता र प्रतिबद्धता आवश्यक रहेको बताएका थिए ।

अध्यक्ष लिङ्देनले पनि स्वदेशमै सिर्जना गर्न सकिने सम्भावना र अवसरहरू पहिचान गर्दै राप्रपा सधैँ सकारात्मक कदम चाल्न तयार रहेको जवाफ दिए । 

अमेरिकाबाट फर्किएका युवा जोशीको निर्वाचन मुद्दा अहिले पनि सर्वोच्च अदालतमा चलिरहेको छ । लामो समय अमेरिका बसेर फर्किएका जोशीले गत स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिका (तनहुँ)को प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

निर्वाचनका क्रममा उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका थिए । जोशीले मतगणनामा धाँधली भएको दाबी गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । 

उच्च अदालतले पूर्ण मतगणना गर्न आदेश दिए पनि सोही अदालतका रजिस्ट्रारले मतगणना प्रक्रिया रोकिदिएका थिए । हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ४ : ५५ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख