अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै | Khabarhub Khabarhub

अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानमा बसोबास गर्ने अफगान आप्रवासीहरूको बढ्दो सङ्ख्याले गिरफ्तारी र निर्वासनको निरन्तर डरका कारण अस्पताल र स्वास्थ्य केन्द्रहरूबाट टाढा बसिरहेको खामा प्रेसले मेडिसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) को हालैको रिपोर्टलाई उद्धृत गर्दै बुधबार बताएको छ ।

परिस्थितिले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य दुवै बिग्रँदै गइरहेको छ । खामा प्रेसका अनुसार एमएसएफले आफ्नो निष्कर्षमा धेरै अफगान अहिले गम्भीर रूपमा अस्वस्थ भए पनि चिकित्सा सहायता लिन डराइरहेका छन् । निर्वासनको डरले उनीहरूको शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नुका साथै गम्भीर मनोवैज्ञानिक क्षति पनि पुर्‍याएको छ ।

सन् २०२३ नोभेम्बरदेखि पाकिस्तानले अफगान नागरिकहरू विरुद्ध आफ्नो निर्वासन अभियान बढाएको छ । सुरुमा, यो कागजातविहीन व्यक्तिहरूमा केन्द्रित थियो तर अब वैध कागजातहरू भएका व्यक्तिहरू पनि जोखिममा छन् ।  

यद्यपि इस्लामाबादले भर्खरै सन् २०२५ जुलाईदेखि कानूनी निवास कार्ड भएका अफगानहरूको निर्वासन रोक्ने बताएको छ । पाकिस्तानले हाल अफगान आप्रवासी र शरणार्थीहरूको विश्वको सबैभन्दा ठूलो जनसङ्ख्यामध्ये एकलाई आश्रय दिन्छ । तीमध्ये धेरै अफगानिस्तानमा युद्ध र अस्थिरताबाट बच्न सीमा पार गरेर आएका थिए ।

खामा प्रेसका अनुसार अन्तर्राष्ट्रिय संस्थाहरूले पाकिस्तानी सरकारलाई अफगान शरणार्थीहरूलाई अनुचित रूपमा लक्षित गर्न रोक्न र उनीहरूलाई स्वास्थ्य सेवामा उचित पहुँच सुनिश्चित गर्न आग्रह गरिरहेका छन् ।

यसअघि, संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानबाट फर्केका मानिसहरूको ठूलो वृद्धिलाई लिएर चेतावनी दिएको थियो । साथै राष्ट्रसङ्घले सन् २०२५ मा अहिलेसम्म १३ लाखभन्दा बढी मानिस अफगानिस्तान फर्केको भन्दै तत्काल विश्वव्यापी सहयोगका लागि आह्वान गरेको थियो ।

इस्लाम काला सीमा विन्दुको भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले भने, ‘दशकौँअघि द्वन्द्वबाट भागेका परिवारहरूका लागि सकारात्मक घर फर्कने क्षण हुनुको सट्टा थकान, आघात र गहिरो अनिश्चितता देखिएको छ ।’

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ४ : ४२ बजे

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी

एनसेल फाउण्डेसनसँगको सहकार्यमा किरण मानन्धरको चित्रकला प्रदर्शनी सुरु

काठमाडौं – एनसेल फाउण्डेसनसँगको सहकार्यमा कलाकार किरण मानन्धरको विशेष चित्रकला