अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै « Khabarhub

अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानमा बसोबास गर्ने अफगान आप्रवासीहरूको बढ्दो सङ्ख्याले गिरफ्तारी र निर्वासनको निरन्तर डरका कारण अस्पताल र स्वास्थ्य केन्द्रहरूबाट टाढा बसिरहेको खामा प्रेसले मेडिसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) को हालैको रिपोर्टलाई उद्धृत गर्दै बुधबार बताएको छ ।

परिस्थितिले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य दुवै बिग्रँदै गइरहेको छ । खामा प्रेसका अनुसार एमएसएफले आफ्नो निष्कर्षमा धेरै अफगान अहिले गम्भीर रूपमा अस्वस्थ भए पनि चिकित्सा सहायता लिन डराइरहेका छन् । निर्वासनको डरले उनीहरूको शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नुका साथै गम्भीर मनोवैज्ञानिक क्षति पनि पुर्‍याएको छ ।

सन् २०२३ नोभेम्बरदेखि पाकिस्तानले अफगान नागरिकहरू विरुद्ध आफ्नो निर्वासन अभियान बढाएको छ । सुरुमा, यो कागजातविहीन व्यक्तिहरूमा केन्द्रित थियो तर अब वैध कागजातहरू भएका व्यक्तिहरू पनि जोखिममा छन् ।  

यद्यपि इस्लामाबादले भर्खरै सन् २०२५ जुलाईदेखि कानूनी निवास कार्ड भएका अफगानहरूको निर्वासन रोक्ने बताएको छ । पाकिस्तानले हाल अफगान आप्रवासी र शरणार्थीहरूको विश्वको सबैभन्दा ठूलो जनसङ्ख्यामध्ये एकलाई आश्रय दिन्छ । तीमध्ये धेरै अफगानिस्तानमा युद्ध र अस्थिरताबाट बच्न सीमा पार गरेर आएका थिए ।

खामा प्रेसका अनुसार अन्तर्राष्ट्रिय संस्थाहरूले पाकिस्तानी सरकारलाई अफगान शरणार्थीहरूलाई अनुचित रूपमा लक्षित गर्न रोक्न र उनीहरूलाई स्वास्थ्य सेवामा उचित पहुँच सुनिश्चित गर्न आग्रह गरिरहेका छन् ।

यसअघि, संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानबाट फर्केका मानिसहरूको ठूलो वृद्धिलाई लिएर चेतावनी दिएको थियो । साथै राष्ट्रसङ्घले सन् २०२५ मा अहिलेसम्म १३ लाखभन्दा बढी मानिस अफगानिस्तान फर्केको भन्दै तत्काल विश्वव्यापी सहयोगका लागि आह्वान गरेको थियो ।

इस्लाम काला सीमा विन्दुको भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले भने, ‘दशकौँअघि द्वन्द्वबाट भागेका परिवारहरूका लागि सकारात्मक घर फर्कने क्षण हुनुको सट्टा थकान, आघात र गहिरो अनिश्चितता देखिएको छ ।’

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ४ : ४२ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले