गगनले प्रधानमन्त्रीलाई भने- सरकारले दिन गनेर समय खेर फाल्ने होइन « Khabarhub

गगनले प्रधानमन्त्रीलाई भने- सरकारले दिन गनेर समय खेर फाल्ने होइन


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारमा बस्ने दिन गनेर समय खेर नफाल्न सुझाव दिएका छन् ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका लागि २०८४ अघिका एक–एक दिन महत्वपूर्ण रहेको बताए । उनले त्यसको सदुपयोग गर्न सक्नुपर्ने पनि बताएका छन् ।

‘२०८४ सालसम्म हामी नेपालको लार्जेस्ट पार्टी छौँ । अहिले हामी सरकारमा छौँ । यो दुई वर्ष खेर फाल्ने सुविधा हामीसँग छैन’, उनले भने, ‘बेलाबेला प्रधानमन्त्रीज्यूले के भनेको सुन्छु भने– अब एक वर्ष म हुन्छु । त्यसपछि कांग्रेसलाई हस्तान्तरण गर्छुु । हिसाब–किताबबारे अब कुरा नगरौँ । सरकार दिन गनेर बस्नलाई हो र ? हामीले हाम्रो पालो आयो भनेर औँला भाँच्दै बस्ने हो र ?’

थापाले एक वर्षमा के गर्ने भनेर योजनासहित काम गर्नुपर्ने बताए । कांग्रेस–एमालेको सरकारले सुरुमा लय समाते पनि बीचमा बरालिएको उनले बताए ।

‘सुरुमा हामीले मिहिनेत गर्यौं । दुई पार्टी मिलेर बन्दा गति समातेको थियो । अहिले सरकार बरालिएको छ । अहिले खाली दिन गनेर बसेको जस्तो भएको छ’,  उनले भने, ‘आज आइतबार गयो, सोमबार आयो, सोमबार गयो, मंगलबार आयो । एकजनाले बोल्दिएपछि ढल्दैन, ढल्दैन भन्यो । यसकै वरिपरि घुमिरहेको छ । यसबाट सरकारलाई बाहिर निकाल्नु पर्छ, नतिजा दिनुपर्छ।’

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ७ : ५५ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति