एमाले सचिवालय बैठक सात घण्टादेखि जारी « Khabarhub

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ। दिउँसो २ बजेबाट सुरु भएको बैठक रातिसम्म नै लम्बिएको हो । बैठकमा पार्टीको वरिष्ठ उपाध्यक्ष पद हटाउने लगायतका प्रस्तावमा छलफल भइरहेको छ ।

एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन गरी पदाधिकारी संख्या १९ बाट घटाएर ११ मा सीमित गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । स्रोतका अनुसार, उनले अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव १ र सचिव ५ गरी ११ पदाधिकारी मात्र रहने व्यवस्था सुझाव दिएका छन्।

हाल एमालेमा १९ जना पदाधिकारी छन् वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्तावले विवाद थप तातिरहेको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु उक्त प्रस्तावको विपक्षीमा देखिएका छन् ।

यो प्रस्तावले एमालेले आफ्नो जनसंगठनहरूमा पनि वरिष्ठ उपाध्यक्ष पद हटाएको कार्यान्वयनलाई पार्टी तहमा समेत विस्तार गर्ने संकेत गरेको छ। एमालेका एक पदाधिकारीले खबरहबलाई बताएअनुसार, भदौ २० देखि २२ गते ललितपुर गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव पेश हुने तयारी छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारीमा छन् भने महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। आगामी महाधिवेशनका लागि साउन २ गते पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको छ।

यसअघि वरिष्ठ उपाध्यक्ष पोखरेलले असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा अध्यक्ष ओलीको आलोचना गरेका थिए, जसलाई लिएर पार्टीभित्र केही तनाव रहेको देखिन्छ। केही महिनामै वरिष्ठ उपाध्यक्ष पद हटाउने तयारीले ओली र पोखरेलबीचको विवादलाई अझ बढावा दिएको छ।

एमालेको हालको विधान अनुसार, २०७८ मंसिरमा सम्पन्न १०औँ महाधिवेशनले १९ सदस्यीय पदाधिकारी समिति बनाएको थियो, जसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ थिए।

तर अबको विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पद हटाएर उपाध्यक्षको संख्या सीमित गर्ने प्रस्तावलाई अघि बढाउने भएको छ। यस प्रस्तावलाई लिएर पार्टीभित्र कस्तो प्रतिक्रिया आउँछ र आगामी महाधिवेशनले के निर्णय गर्छ, त्यो चासोको विषय बनेको छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ९ : ३५ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति