सागर डिष्टिलरीको आईपीओ भर्ने अन्तिम दिन  « Khabarhub

सागर डिष्टिलरीको आईपीओ भर्ने अन्तिम दिन 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ ।

डिष्टिलरीले साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ  निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका १ लाख ४५ हजार २०० कित्ता शेयर निष्काशन गरेको हो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँड भएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिने छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ९ : ३९ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको