भारतीय विदेश सचिव मिस्री काठमाडौंमा « Khabarhub

भारतीय विदेश सचिव मिस्री काठमाडौंमा


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका हुन् ।

विदेश सचिव मिस्री नेपालको औपचारिक भ्रमणमा आएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

मिस्रीले बिहान साढे १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने छन् ।

विदेश सचिव मिस्रीले आजै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ । देउवालाई भेट्न उनी बूढानीलकण्ठ पुग्नेछन् । यस्तै, उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने छन् ।

विदेश सचिवको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ अघि बढाउने अवसरका रूपमा लिइएको दूतावासले उल्लेख गरेको छ।

यो भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तय हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ९ : ५९ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी