ज्ञानेन्द्र शाहीले मागे परराष्ट्र मन्त्री डा. देउवाको राजीनामा « Khabarhub

ज्ञानेन्द्र शाहीले मागे परराष्ट्र मन्त्री डा. देउवाको राजीनामा


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन्। इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि प्रभावकारी पहल गर्न नसकेको र उनको परिवारको बिचल्ली भएको भन्दै शाहीले परराष्ट्र मन्त्रालयको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन्।

​शाहीले आफ्नो सामाजिक सञ्जालमार्फत परराष्ट्र मन्त्री र मन्त्रालयका कर्मचारीको कडा आलोचना गर्दै उनीसँग कूटनीतिक ज्ञानको अभाव रहेको र नागरिकको जीवन रक्षा तथा दुःखमा परेका नागरिकलाई सहयोग गर्न नसकेको आरोप लगाएका छन्।

‘नागरिकको जीवन रक्षा गर्न नसक्ने, दुःखमा परेका नागरिकको घाउमा मल्हम लगाउन नसक्ने परराष्ट्र मन्त्री, आज देउवा राणा र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई पदमा बसेको कुनै औचित्य छैन’, शाहीले आफ्नो पोस्टमा उल्लेख गरेका छन्।

​शाहीले विशेषगरी विपिन जोशीका आमा र बहिनीको बिचल्ली भएको अवस्थाप्रति सरकारको उदासीनता र निष्क्रियताप्रति आक्रोश व्यक्त गरेका छन्। उनले परराष्ट्र मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने र कामै नगर्ने तथा कूटनीतिक ज्ञान नभएका परराष्ट्र मन्त्रालयका कर्मचारीहरूलाई पदमा बसिरहने कुनै औचित्य नरहेको जिकिर गरेका छन्।

​यो मागले सरकारमाथि विपिन जोशीको उद्धारका लागि दबाब बढाएको छ भने परराष्ट्र मन्त्रालयको कार्यसम्पादनमाथि थप प्रश्नहरू उब्जाएको छ।

‘​नेपाली नागरिक विदेशमा समस्यामा पर्दा उनीहरूको सुरक्षा र न्याय सुनिश्चित गर्नु राज्यको, विशेषगरी परराष्ट्र मन्त्रालयको प्राथमिक दायित्व हो। यदि मन्त्रालयले यस्ता कूटनीतिक कार्य प्रभावकारी रूपमा सम्पादन गर्न सक्दैन भने परराष्ट्र मन्त्री तथा कर्मचारीहरूले आफ्नो पदमा बसिरहनुको कुनै औचित्य देखिँदैन’, उनले लेखेका छन्, ‘​परराष्ट्र मन्त्रालयलाई यस विषयको गम्भीरता बुझी तत्काल निम्न कार्यका लागि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ११ : १८ बजे

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक

जाडो छल्न आएका चरा फर्किन थाले

चितवन– जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् ।

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए 

इस्लामाबाद– दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं– यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’