उमा सुवेदीको उपन्यास ‘परिधि’ को लोकार्पण « Khabarhub

उमा सुवेदीको उपन्यास ‘परिधि’ को लोकार्पण


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- ‘तोदा’  उपन्यास र ‘सयौं पुतली’  कथा सङ्ग्रह  लगायत आधा दर्जन पुस्तककी लेखक उमा सुवेदीद्वारा लिखित उपन्यास ‘परिधि’  बजारमा अएको छ ।

काठमाडौंमा शनिबार एक समारोहका बीच लेखक कुमारी लामा, केशव दाहाल र कलाकार गौरी मल्लले संयुक्त रुपमा परिधिको लोकार्पण गरेका हुन् । सुवेदीको यो तेस्रो आख्यान साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।

 कार्यक्रममा बोल्दै लेखक कुमारी लामाले परिधि’मा स्वैर कल्पनाको प्रचुरतासँगै यथार्थताको धरातललाई पनि सँगै लिएर गएको बताइन् ।

लेखक केशव दाहालले परिधि’ संरचनाका हिसाबले नयाँ तर बेजोड कृति भएको बताए । उनले यस आख्यानमा बिम्बको प्रयोग सुन्दर तरिकाले गरिएको बताउँदै लेखकको निखारिएको शिल्पले पाठकलाई शुरुदेखि अन्त्यसम्मै बाँधेर राख्ने दाबी गरे ।

कलाकार गौरी मल्लले परिधि’  नविन र शसक्त शैलीको नेपाली आख्यान भएको बताइन् । यस आख्यानका पात्रले आफूभित्र उचित-अनुचित, असल-खराब, ठीक-बेठिक जस्ता कुराहरु बारेमा पुनः सोच्न बाध्य बनाएको बताइन् ।

लेखक उमा सुवेदीले आफूले भन्न चाहेको कथाका लागि विशिष्ट शैली आवश्यक भएकाले आफूले कथा भन्ने शैलीमा प्रयोग गरेको बताइन् ।

उमा सुवेदीका यसअघि तप्किएर अञ्जुलीमा (गजलसङ्ग्रह), तिर्सनाका छालहरु (गीतसङ्ग्रह), तोदा (उपन्यास), इति (उपन्यास) र सयौं पुतली (कथासङ्ग्रह) प्रकाशित छन्।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १२ : ०५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ