उमा सुवेदीको उपन्यास ‘परिधि’ को लोकार्पण « Khabarhub

उमा सुवेदीको उपन्यास ‘परिधि’ को लोकार्पण


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- ‘तोदा’  उपन्यास र ‘सयौं पुतली’  कथा सङ्ग्रह  लगायत आधा दर्जन पुस्तककी लेखक उमा सुवेदीद्वारा लिखित उपन्यास ‘परिधि’  बजारमा अएको छ ।

काठमाडौंमा शनिबार एक समारोहका बीच लेखक कुमारी लामा, केशव दाहाल र कलाकार गौरी मल्लले संयुक्त रुपमा परिधिको लोकार्पण गरेका हुन् । सुवेदीको यो तेस्रो आख्यान साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।

 कार्यक्रममा बोल्दै लेखक कुमारी लामाले ‘परिधि’मा स्वैर कल्पनाको प्रचुरतासँगै यथार्थताको धरातललाई पनि सँगै लिएर गएको बताइन् ।

लेखक केशव दाहालले ‘परिधि’ संरचनाका हिसाबले नयाँ तर बेजोड कृति भएको बताए । उनले यस आख्यानमा बिम्बको प्रयोग सुन्दर तरिकाले गरिएको बताउँदै लेखकको निखारिएको शिल्पले पाठकलाई शुरुदेखि अन्त्यसम्मै बाँधेर राख्ने दाबी गरे ।

कलाकार गौरी मल्लले ‘परिधि’  नविन र शसक्त शैलीको नेपाली आख्यान भएको बताइन् । यस आख्यानका पात्रले आफूभित्र उचित-अनुचित, असल-खराब, ठीक-बेठिक जस्ता कुराहरु बारेमा पुनः सोच्न बाध्य बनाएको बताइन् ।

लेखक उमा सुवेदीले आफूले भन्न चाहेको कथाका लागि विशिष्ट शैली आवश्यक भएकाले आफूले कथा भन्ने शैलीमा प्रयोग गरेको बताइन् ।

उमा सुवेदीका यसअघि तप्किएर अञ्जुलीमा (गजलसङ्ग्रह), तिर्सनाका छालहरु (गीतसङ्ग्रह), तोदा (उपन्यास), इति (उपन्यास) र सयौं पुतली (कथासङ्ग्रह) प्रकाशित छन्।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १२ : ०५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने